चितवन / राप्तीमा जारी ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’ मा आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् । श्री च्योमदेन दे ढा च्योम गुम्बाका अध्यक्ष तथा कार्यक्रम संयोजक देवराजले लामाले बिहीबार उक्त संख्यामा दर्शकको सहभागिता रहेको जानकारी गराएका हुन् ।
अध्यक्ष लामाले आज (शुक्रबार) राष्ट्रिय रुपमा ख्याति कमाएका ज्योति मगरको प्रस्तुति रहने न्यूजप्रवाह डकटमलाई बताए । ज्योति सँगसँगै हल्के हल्दारको टिम, राष्ट्रिय हास्य कलाकारहरु, स्थानीयस्तरका रत्ननगर कला केन्द्र, पर्सा डान्स सेन्टर र स्थानीय कलाकारहरुले प्रस्तुति दिने उनले जानकारी दिए ।
चितवनमै पहिलो पटक सुरु गरिएको तामाङ महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिताले सफल भएको उनको भनाइ छ । उनका अनुसार महोत्सवका प्रत्येक व्यापारिक स्टलहरुले राम्रो व्यापार भएको छ । महोत्सवमा राखिएका केही स्टलहरुले यसअघि रत्ननगरको चित्रसारी फुड फेस्टिबलमा ठूलो घाटा व्यहोर्नु परेको थियो ।
महोत्सव समापन दुई दिन बाँकी हुँदै महोत्सव सफल भएको उनले दावी समेत गरेका छन् । चितवनकै पहिलो यो तामाङ महोत्सवले सम्पूर्ण तामाङ समुदायलाई निकै उत्साहित बनाएको पाइएको छ । आगामी दिनमा यस महोत्सवलाई तिथि नै बसालेर अघि बढ्नु पर्ने अध्यक्ष लामाको भनाइ छ ।
तामाङ महोत्सवमा आज ज्योति मगर आउने, एकैदिन आठ हजार बढी दर्शकको अवलोकन
February 9, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
