चितवन / तामाङ समुदायको गौरव र गरिमा बोकेको ‘प्रथम राप्ती सोनाम ल्होछार सांस्कृतिक उत्सव–२०८० महोत्सव’को समापन हुँदैछ । जिल्लामै पहिलो पटक माघ २४ गतेदेखि सुरु भएको महोत्सवको आज (शनिबार) समापन हुने भएको हो ।
महोत्सवमा आज युवाहरुको ढुकढुकी राष्ट्रिय कलाकार सेलो गायक आस्मान लोप्चन, अन्जु तामाङ सँगसँगै नेपालकै प्रसिद्ध पुरानो ब्याण्ड ‘द एक्स ब्याण्ड’ को बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक देवराज लामाले जानकारी दिए ।
संयोजक लामाले दर्शकहरुको उत्साहजनक सहभागिताले महोत्सव सफल भएको दावी गरेका छन् । जिल्लामै पहिलो पटक राप्तीका तामाङ समुदायबाट सुरु गरिएको महोत्सवलाई स्थानीय लगायत देश विदेशबाट आर्थिक जुटेको उनले बताए ।
श्री च्योमदेन दे ढा च्योम गुम्बाका सल्लाहकार तथा राप्तीका उपमेयर देवेन्द्र लामाले यसअघि तामाङ पत्रकारसँग प्रेस सम्मेलन गर्दै महोत्सव संचालन पूर्व नै सफल भएको घोषणा गरेका थिए । उपमेयर लामाले आगामी वर्ष अझ बढी परिस्कृत गर्दै समयावधि पनि बढाउने बताएका छन् ।
महोत्सवमा जिल्लाभरिकै तामाङ समुदायहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । राप्तीका तामाङ समुदायबाट सुरु भएको उक्त महोत्सव ऐतिहासिक बनेको स्थानीयहरुको भनाइ छ ।
ल्होछार महोत्सवमा आज ‘द एक्स ब्याण्ड’को प्रस्तुति
February 10, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
