April 25, 2025

चितवनमा गैरआवासीय नेपाली १०५ जनाले लिए नागरिकता

February 23, 2024
sketch
- ADVERTISEMENT -

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनबाट पाँच महिनामा (कार्तिकदेखि फागुनसम्म) १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार गत कात्तिक १५ गतेदेखि हाल (फागुनको पहिलो साता) सम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।

चितवनबाट गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरिमै शीर्ष पाँचभित्र पर्ने ढकालले बताए । ‘कहिलेकाहिँ दिनमै ४५ जना नै गैरआवासीय नागरिकता लिनका लागि आउने गर्दछन्,’ उनले भने । सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिन थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए ।

आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो । एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइन्छ ।

- ADVERTISEMENT -