April 20, 2025

चितवनमा भोलि भेट्रान कप फाइनल : चाबहिल र एनआरटी एफसी भिड्ने

February 23, 2024
- ADVERTISEMENT -

चितवन । स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधिका लागि चाबहिल भेट्रान ललितपुर र एनआरटी एफसी भिड्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटरलाई हराउँदै चाबहिल भेट्रानले फाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा चाबहिलले टाइब्रेकरमा डिफेन्डिङ च्याम्पियनलाई ३–२ ले निराश बनायो ।

त्यसअघि निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । खेलमा फ्रीडम फाइटरले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन । राजु खड्काको गोलमा फ्रीडम फाइटरले अग्रता लिएको थियो । तर उपहार गोलमा चाबहिल खेलमा फर्कियो ।

पहिलो हाफमा नै कन्यसुब्बा गुरुङले गोल गर्दै फ्रीडम फाइटरलाई अग्रता दिलाए । तर दोस्रो हाफमा चाबहिलका कप्तान पासाङ शेर्पाले उत्कृष्ट गोल गर्दै खेललाई टाइब्रेकरमा धकेले । जसमा चाबहिलले बाजि मा¥यो । चाबहिलका बिभोर गुरुङ म्यान अफ दि म्याच भए ।

दोस्रो सेमिफाइनलमा एनआरटी एफसी भेट्रानले भनिमण्डल भेट्रान ललितपुरलाई हराउँदै चाबहिलसँँगको उपाधि भिडन्त पक्का गरेको छ । खेलमा एनआरटी १–० ले विजयी भयो । उसको जितमा नरेश श्रेष्ठले गोल गरे । एनआरटीका कप्तान नरेन्द्रमान श्रेष्ठ म्यान अफ दि म्याच भए ।

उपाधि भिडन्त शनिबार दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -