काठमाडौं / तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल मृत अवस्थामा भेटिएका छन् ।
भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिका–८ नम्बर वडा कार्यालय नजिकै मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुर प्रहरीका अनुसार, ढकाल यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएका थिए । तर, घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएका थिए ।
त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो । ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।