April 26, 2025

सन्तानको रहर पूरा गर्न अस्पतालबाट शिशुको चोरी

February 24, 2024
Sketch
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा सिंहले बच्चा चोरी गरेकी थिइन् । आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् ।

विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ । २४ र २५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । बच्चा चोरी गर्ने मनिषाका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

“घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,” एक प्रहरी अधिकारीले भने, “उनको श्रीमान् नेपाली सेनामा कार्यारत रहेको र उनलाई पनि भ्रममा राखेर आफूले बाटोमा सुत्केर भएर बच्चा लिएर फर्किएको बताएकी रहिछन् ।”

प्रहरीले शिशुको उद्धार गरेर आमाबुवालाई जिम्मा लगाइसकेको छ । काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आफूलाई सूचना आएको आठ घण्टापछि काँडाघारीबाट बच्चाको उद्धार गरेको हो । मनिषालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -