२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

होस्टेलको कोठामा एक छात्राले गरिन् आत्महत्या

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते
sketch
- ADVERTISEMENT -

चितवन / पूर्वी चितवनको रत्ननगर–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया सालिन पोखरेलले शनिबार विहान १०ः३० बजे आत्महत्या गरेका हुन् ।
गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङमा स्काउटको डोरीमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

२ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी होस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवा आमाको सम्बन्धविच्छेद भएपछि शालिन मामा घरमा बसेर पढ्न थालेको बुझिएको छ ।

हाल आमा वैदेशिक रोजगारीको लागि दुवई र बुवा काठमाडौंमा रहेका छन् । घटनाको कारण खुल्न सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । विद्यालयका शिक्षकहरुका अनुसार सालिन पोखरेल अनुशासित र लगनशिल विद्यार्थी हुन ।

- ADVERTISEMENT -