March 15, 2025
- ADVERTISEMENT -

चितवनमा आध्यात्मिक उजागारका लागि ‘बृहत सन्त समागम’

February 25, 2024

चितवन / नेपाल मानव धर्म सेवा समिति, हंश किर्ति आश्रमको आयोजनामा नारायणगढमा ‘बृहत सन्त समागम २०८०’ कार्यक्रम गरिएको छ । आश्रमले आध्यात्मिक उजागार गर्ने उद्देश्यसहित नारायणी नदी किनारस्थित हरिहर मन्दिरमा आइतबार सन्त समागम कार्यक्रम गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताए । आश्रमको सामाजिक कार्य सह्राहनीय र सम्मान योग्य भएको उनको भनाइ थियो ।
नेपाल मानव धर्म सेवा समितिका क्षेत्रीय अध्यक्ष थिरप्रसाद धितालले संस्थाको विषयमा प्रकाश पारेका थिए । उनले मानव सेवामा सबैको दायित्व र भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ सल्लाहकार डा जेपी अग्रवालले सत्संग वाचन गरेका थिए । विभिन्न तिर्थस्थलबाट आएका सन्त महात्माहरूले भजनकिर्तनको माध्यमबाट भक्तजनहरूलाई आनन्दित तुल्याए ।
कार्यक्रममा आश्रमका केन्द्रीय सदस्य चमेली वाइजी, नारायणी अञ्चल प्रमुख पुनित वाइजी, कर्णाली प्रदेश प्रमुख निर्मला वाइजी, विभिन्न संघ संगठनका व्यक्तित्व, व्यवसायीलगायतको उपस्थिति थियो । आश्रमका शाखा अध्यक्ष विनोद पौडेलले स्वागत मन्तव्य दिएको कार्यक्रम नेपाल मानव धर्म सेवा समिति नारायणगढका शाखा प्रमुख रमा वाइजीको अध्यक्षतामा सम्पन्न भएको हो । आश्रमले विभिन्न समयमा रक्तदान, वृक्षरोपण, मिसन एजुकेशनलगायतका सामाजिक गतिविधिहरु गर्दै आएको छ ।

- ADVERTISEMENT -