२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

सौराहामा ४५ दिने स्वरोजगार तालिमको समापन

४८ जनाको सहभागिता, सुदिप उत्कृष्ट
प्रकाशित मिति : २०८० फाल्गुन १७ गते

चितवन / मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौली र सपना भिलेज सोसियल इम्प्याक्टले संयुक्त रुपमा आयोजना गरेको ४५ दिने वारिस्ता, हस्पिटालिटी तथा कफी मेसिन मर्मत तालिम सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको तालिममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागी मध्ये उत्कृष्टताको आधारमा सुदिप रिमाल प्रथम, गिरिराज पौडेल द्धितीय र स्वयज्ञा भूषाल तृतीय भएका हुन् भने कफीको उत्कृष्ट डिजाइनरको रुपमा एलिसा थपलिया र उत्कृष्ट कार्यसम्पादनको रुपमा स्वयज्ञा भूषाल पुरस्कृत भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

तालिमको समयमा छ जनाले जागिर र २ जनाले व्यवसाय सुरु गरेका छन् । तालिममा सहभागी मध्ये प्रिति चौधरी, निसु तामाङ, राष्टी कर्मचार्य, विधान चौधरी, सुमितराज पौडेल, स्वयज्ञा भूषालले सौराहाका होटल तथा रेष्टुरेन्टमा जागिर पाएका हुन् ।

सीप सिक्दासिन्दै राजेन्द्र सापकोटा र उमेश भट्टराईले सौराहामा व्यवसाय सुरु गरेका हुन । उनीहरुले कफी सप सञ्चालनमा ल्याएको सपना कफी एण्ड बारिस्ता स्कुलका अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए । उक्त सीप मुलक तालिम बुधबार सकिएको छ ।

- ADVERTISEMENT -

Advertisement

समापन कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढुंगानाले रोजगारी, आयआर्जन र संरक्षणलाई संगसंगै अगाडि बढाउने मध्यवर्तीको अबधारण रहेको बताए । संरक्षणलाई प्रभावकारी बनाउन आयआर्जनलाई उत्तीकै महत्व दिनुपर्नेमा जोड दिए ।

प्रमुख संरक्षण अधिकृत पुर्जापुनले वन तथा वन्यजन्तुको संरक्षणलाई थप मजबुत बनाउन मध्यवर्तीका युवाहरुको लगाव आवश्यक रहेको बताए । सपना भिलेजका अध्यक्ष गिरीले स्थानीय सरकार र अन्यसंघसंस्थाहरुसंग सहकार्य गरी सपना भिलेजले रोजगारी र्सिजना गर्ने विभिन्न सीपमुलक कार्यक्रम आयोजना गर्दै आएको बताए ।

मृगकुञ्जका अध्यक्ष घिमिरेले कृषि,संस्कृति र पर्यटनको माध्यमबाट रोजगारी र आयआर्जन र्सिजना गर्ने गरी कार्यक्रम अगाडि बढाइएको बताए । जीविकोपार्जनको बैकल्पिक आधार तयार नगरी संरक्षणलाई प्रभावकारी बनाउन नसकिने भन्दै उनले रोगजारीको लागि सीपमुलक तालिम आयोजना गर्दै आएको बताए ।

मृगकुञ्जले सञ्चालन गरेका २७ वटा संरक्षणमुलक कार्यक्रम मध्ये युवा केन्द्रीत सीप मुलक तालिम, मुसहर महिलालाई तरकारी खेती तालिम प्रभावकारी भएको घिमिरेले बताए । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका सचिव महेश खनाल लगायतले मन्तव्य राखेका थिए ।

मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मृगकुञ्जका कार्यसमिति सदस्य बुद्धिमान विकले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सपना कफी एण्ड बारिस्ता स्कुलका सञ्चालक सुदिप भट्टराईले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04