२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

रेवानका अध्यक्ष गिरीलाई बैदेशिक यात्राका लागि विदाई

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते

चितवन / रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीलाई बैदेशिक भ्रमणका लागि बुधबार विदाई गरिएको छ ।

रेवानको कार्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शम्भूप्रसाद माली, महासचिव नवीन नेपाल सहित अन्य पदाधिकारी तथा सदस्यहरु अध्यक्ष गिरीलाई विदाई गर्दै सुरक्षित यात्राका लागि शुभकामना दिएका हुन । गिरी जर्मन र नेदरल्याण्डको भ्रमणमा जाँदैछन् । रास्वपाका केन्द्रीय सदस्य समेत रहेका गिरी रेवान सौराहाको अध्यक्ष, सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष समेत हुन् ।

- ADVERTISEMENT -

Advertisement

सौराहाका स्थापित व्यवसायी समेत रहेका उनले व्यवसाय र समाजिक कामलाई समेतसंगसंगै अगाडि बढाएका छन् । रेवानको बुधबार सम्पन्न बैठकले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष मालीलाई दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -