२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘गठवन्धन धर्मराएको छैन, बलियो जगमा उभिएको छ’ – पूर्व प्रम नेपाल

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठवन्धनमा कुनै समस्या नभएको बताए । अध्यक्ष नेपालले भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग गठवन्धनमा कुनै प्रश्न खडा नभएको बताएका हुन् ।

उनले भने, ‘गठवन्धन धर्मराएको पनि छैन, बलियो जगमा उभिएको छ ।” धेरै राजनैतिक दलहरु गठवन्धनमा रहेकाले सामान्य समस्याहरु आउने भन्दै उनले ती समस्याको समाधान खोजिने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

पत्रकारहरुसँग कुराकानी गर्दै देखिएका समस्याहरु छलफलबाट उपाय निकालिने उनको भनाई थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आफ्नो पार्टीको बैठक बसेको र बिचारहरु आएको भन्दै उनले बिचारहरुको आधारमा कुन ढङ्गले अघि वढ्छन् त्यो हेर्न बाँकी रहेको बताए । गठवन्धनमा देखिएका दरारहरुलाई समाधान गर्दै अघि बढ्ने उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -