April 19, 2025

लजको कोठामा एक जना मृत फेला, छतबाट खसेर वृद्ध घाइते

March 10, 2024
File photo.
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका वडा नं–१, पोखरा बसपार्कस्थित न्यू दीप होटल एण्ड लजमा एक मानिसको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८, अयोध्यापुरी बस्ने ५५ वर्षीय लोकबहादुर रानामगर रहेका छन् । उनी फागुन २५ गते बेलुकी उक्त लजमा बेलुकी बास बस्न आएका थिए ।

होटलको रुम नम्बर नं. ५ बसेका उनलाई खानासमेत खान नआएपछि फोन गर्दा नउठाएपछि ढोकामा चुक्कलसमेत लगाएको र झ्यालबाट हेर्दा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्कालगायतका अन्य अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।

यसैबीच घरको छतबाट खसेर एक वृद्ध घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं–१२, आस्थाटोलस्थित आफ्नै घरको छतबाट खसेर वृद्ध गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेमा ७७ वर्षीय यज्ञबहादुर राउत रहेका छन् । टाउको र छातीमा चोट लागेका वृद्धको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -