April 20, 2025

बागमती प्रदेश सभाको बैठक आज बस्ने

March 12, 2024
- ADVERTISEMENT -

काठमाडौँ / बागमती प्रदेश सभाको बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो ३ः०० बजे प्रदेश सभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रदेशसभा बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेश सभाको अन्य कार्यसूची तयार पार्ने प्रदेश सभा सचिवालय हेटौंडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

- ADVERTISEMENT -