मकवानपुर / हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड आज (बिहीबार) बाट डेढ महिना बन्द हुने भएको छ ।
ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा आउने बाटो ४५ दिन बन्द हुने भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार, ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी आज चैत्र १ गतेदेखि बैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सडकमा संचालन संचालनमा रोक लगाइएको हो ।
यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको उनको भनाई छ ।