काठमाडौं / विभिन्न कार्यक्रम गरी आज (बिहीबार) विश्व मिर्गौला दिवस मनाइँदै छ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज मिर्गौला दिवस मनाइने भएको हो ।
प्रत्यक वर्ष मार्च १४ मा यो दिवस मनाइँन्छ । विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइने गरेको हो ।