काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवनमा बस्ने गरी बोलाइएको हो ।
उक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल सुरु हुने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।
यसअघि प्रतिनिधि सभा बैठकमा डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सत्ता समीकरण बदलिएसँगै उनी निवर्तमान अर्थमन्त्री भइसकेका छन् ।
यस्तै, आजै बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पाण्डेले बताए ।