April 25, 2025

माओवादी स्थायी समिति बैठक आज बस्दै

March 15, 2024
- ADVERTISEMENT -

काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुनेछ ।

साथै, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -