२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा भोलिदेखि जनजाति महोत्सव सुरु

प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने [with video]
प्रकाशित मिति : २०८० चैत्र ८ गते
- ADVERTISEMENT -

– बबिलाल तामाङ
नारायणगढ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिको आयोजनामा भोलि (शुक्रबार) देखि चितवनको नारायणी नदीमा प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८० सुरु हुँदैछ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उक्त महोत्सवको उद्घाटन गर्ने जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार जगत बरामले बिहीबार गरिएको पत्रकार भेटघाटमा नेपालको इतिहासमै पहिलो पटक चितवनका आदिवासी जनजातिले महोत्सव आयोजना हुन लागेको बताए । महोत्सव नारायणी नदी किनारमा यही चैत ९ देखि १८ गतेसम्म संचालन हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

नेपालको आदिवासी जनजाति आन्दोलनमा एउटा अग्रगामी मोर्चा सम्हालेर देशब्यापी रुपमा आदिवासीको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो । चितवनमा हुन गइरहेको आदिवासी जनजाति महोत्सव सभ्य र भव्य रुपमा सफल हुने उनले दावी समेत गरे ।

उनले भरतपुर महानगर–पालिकाको घुमौ भरतपुर भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको जनजाति महोत्सव एक अर्काको परिपूरक भएको जिकिर गरे । महानगरपालिकाले तदारुकता–साथ घुमौँ भरतपुरलाई अगाडि बढाइरहेको बेला चितवनका आदिवासी जनजातिले पनि भ्रमण वर्षसँग जोडेर महोत्सव संचालन गर्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवले विशेषगरी जनजातिको सांस्कृतिक पक्ष उजागर गर्ने, व्यवसायिक रुपमा समुन्नति र भरतपुरलाई पनि समृद्धितर्फ अग्रसर बनाउने पाटोमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । आदिवासी जनजातिको क्षेत्रमा मात्र नभएर समग्र राष्ट्रकै सन्दर्भमा महोत्सवले विशेष स्तरोन्नति गर्ने उनको भनाइ थियो ।

महोत्सवमा परम्परागत घरहरु, साँस्कृतिक पहिचान झल्किने गाउँ, भरतपुर मात्र नभएर सारा नेपालीको आर्थिक समुन्नति र सबै खाले पर्यटनको क्षेत्रमा पनि महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।

कोशी नाम नहटाए आन्दोलन नरोकिने
सोही अवसरमा पूर्व अध्यक्ष बरामले राज्यले प्रदेश नं. १ लाई कोशी नामाकरण गरेसँगै आदिवासी जनजाति आन्दोलनरत रहेको बताए । कोशी नाम हटाउनु पर्ने माग राख्दै विगत एक वर्षदेखि आदिवासी जनजातिहरु पूर्वतर्फ केन्द्रित रही आन्दोलन गरिरहेका छन् ।

जबसम्म कोशी प्रदेश खारेज हुँदैन र सरकार पछाडि हट्दैन तबसम्म कोशी प्रदेश विरुद्ध आन्दोलन जारी रहने उनको भनाइ छ । उनले यो आन्दोलन प्रदेश नं. १ को मात्र नभएर संसारभरिका नेपाली आदिवासी जनजातिको आन्दोलन भएकोले सबैले ऐक्यबद्धता जनाउनु पर्ने बताए ।

आन्दोलन समर्थनका लागि प्रदेश नं. १ हुन गइरहेको निर्वाचनमा पहिचानधरहरुको छुट्टै उमेदवारी दिएर र जनजाति पहिचानको पक्षमा माहोल सिर्जना गर्न सबैलाई उनले आग्रह समेत गरे । पछिल्लो समय आदिवासी जनजातिहरु हकअधिकारका लागि एकजुट हुँदै आएको पाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88