April 30, 2025

जनजाति महोत्सव : आज चर्चित गायक रामजी खाँणको प्रस्तुति

March 23, 2024
- ADVERTISEMENT -

चितवन / प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको आज (शनिबार) दोस्रो दिन चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीको प्रस्तुति रहनेछ । शुक्रबारबाट सुरू भएको महोत्सवमा रामजी खाँणसँगै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक कार्यक्रमका संयोजक इश्वर रानामगरले जानकारी दिए ।

महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । पशुपति शर्मा, ज्योति मगर, श्याम रानामगर, अस्मिता डल्लाकोटी, अञ्जु कुश्मी, एलिना चौहानलगायतका कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको प्रस्तुतिसमेत हरेक दिन रहने कार्यक्रम संयोजक मगरले जानकारी दिए ।

- ADVERTISEMENT -