काठमाडौं / तराईका जिल्लामा आज (सोमबार) होली पर्व मनाइँदैछ । पहाडी र हिमाली क्षेत्रमा आइतबार मनाइएको होली आज तराईमा हर्षोल्लासका साथ मनाइने भएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै आएको छ ।
आज तराईका विभिन्न २१ जिल्लाहरूमा होली पर्व मनाइन्छ । सो अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक विदा दिएको छ ।