२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

प्रकाशित मिति : २०८० चैत्र १४ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र त्यसको प्रभावले बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -