चितवन / प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८० का लागि चर्चित गायक रमेशराज भट्टराई र गायिका प्रीति आलेमगर आउँदै छन् । बहुला गायकको परिचय बनाउन सफल भट्टराई र प्रीति आलोबीच आज (शनिबार) घम्साघम्सी दोहोरीसमेत प्रस्तुत हुने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।
महोत्सवमा यसअघि नै अन्नु चौधरी, सम्झना लामिछाने मगर, रामजी खाँण, श्याम रानामगर, ज्योति मगर, एलिना चौहानलगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन् । यही क्रममा भोलि आइतबार भने आधुनिक तथा चलचित्रका गीतमा ख्याति कमाएका गायक शिव परियार आउने आयोजकले जनाएको छ।
- ADVERTISEMENT -
साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको नियमित प्रस्तुति हुँदै आएको छ। कोहिनुर डान्स ग्रुप र स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि महोत्सवको मञ्च तताइरहेको छ।