काठमाडौं / लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिने भएका हुन् । उनलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
नयाँ सत्ता समीकरण भएसँगै तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा महरा मुख्यमन्त्री बनेका हुन् ।
उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका हुन् ।