Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘भरतपुर आधुनिक र विकासशील सहरका रूपमा फड्को मार्दैछ’

भरतपुर अस्पतालको ६८औं वार्षिकोत्सव
प्रकाशित मिति : २०८० चैत्र २६ गते

चितवन । भरतपुरले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो बताएका हुन् ।
उनले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।”
केही दशक अगाडि घना जङ्गल र झाडीले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यलाई दृष्टिगत गरी भरतपुर अस्पताल निर्माण भएको स्मरण उनले गरे । यस क्षेत्रकै आमजनतालाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल–अमेरिका संयुक्त कोषअन्तर्गत भरतपुर अस्पतालको कार्यप्रारम्भ भएको उल्लेख गर्दै वर्तमानसम्म आइपुग्दा ४० लाख सेवाग्राहीलाई विशेषज्ञ सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरे ।
अस्पतालले अन्तरङ्ग र बहिरङ सेवामार्फत नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “संरक्षित वनजङ्गल क्षेत्रमा पाइने हिंस्रक जीवजन्तुको टोकाइ र आक्रमण, बाढी, पहिरो, आगजनी तथा प्राकृतिक प्रकोप, सबैखाले दुर्घटना, डेङ्गु, इन्फ््ल्युञ्जा, क्षयरोग, कुष्ठरोगलगायत आदिबाट प्रभावित बिरामीहरूको रोग निदान, उपचार र नियन्त्रणका लागि आवश्यक उपचार र परामर्शलगायतका सेवालाई उच्च प्राथमिकता दिइरहेको छ ।”
मुख्यतः अस्पतालको भौतिक पूर्वाधार विकास, श्यया क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यकपर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यसका निम्ति सरकारको तर्फबाट आवश्यक पहल हुने विश्वास दिलाए ।
प्रधानमन्त्री दाहालले भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको आङ्गिक कलेज भइरहेका सन्दर्भमा आगामी शैक्षिकसत्रबाट नै एमबिबिएस कक्षा सञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको मागप्रति आफू सहमत रहेको बताए ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यस अस्पताललाई विशिष्टकृत अस्पतालका रुपमा विकास गर्नुपर्ने बताए । विशिष्टकृत सेवा दिनका लागि स्वास्थ्य उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धान आवश्यक हुने भन्दै उहाँले यस अस्पतालमा यी सबै पूर्वाधार तयार भएको बताए । यस अस्पताललाई उपचारको केन्द्रका रुपमा विकास गर्न सरकार लागिरहेको उनको भनाइ थियो । उनले भन्ने, “यस अस्पताललाई नेपालको महत्वपूर्ण केन्द्रका रुपमा विकास गरिनेछ ।”
अस्पताल प्रशासन, स्थानीय र बिरामीको चाहना एवं अवश्यकता हेरेर सरकार अघि बढ्ने उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले अस्पतालको विकास र सेवा वृद्धिमा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालका बारेमा प्रकाश पारे । यस अस्पतालले अहिले चितवनसहित २२ जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रममा उत्कृष्ट चार कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23