December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज घोडेजात्रा, विविध कार्यक्रम गरी मनाइँदै

April 8, 2024

काठमाडौं / काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदैछ । आज (सोमबार) विविध कार्यक्रमको आयोजना गरी घोडेजात्रा मनाइने भएको हो ।

चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ ।

तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउँने प्रचलन रहेको पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने ÷ बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहेको छ ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रीले सेनाको अश्वकला अवलोकन गर्ने प्रचलन पनि छ ।

- ADVERTISEMENT -