२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा वायु प्रदुषण बढ्दै

चिकित्सकको सुझाव– ‘सावधानी अपनाउनुस्’
प्रकाशित मिति : २०८० चैत्र २८ गते
File photo.
- ADVERTISEMENT -

चितवन / चिकित्सकले अत्यधिक वायु प्रदुषण बढेकोले सावधानी अपनाउन सुझाव दिएका छन् । चितवनमा पछिल्लो समय विभिन्न कारणबाट वायु प्रदुषण बढेसँगै सावधानी अपनाउन सुझाव दिएका हुन् ।

यतिबेला चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र सामुदायिक वनहरुमा यतिबेला डढेलो लागेको छ । कतै घाँसे मैदान व्यवस्थापन गर्न र कतिपय प्राकृतिक कारणबाट पनि डढेलो फैलिएको हो । सर्वसाधारणहरुले पनि कृषिजन्य उत्पादनका फोहर र अन्य फोहर जलाउने गरेका कारण वायुमण्डलमा धुवाको मात्रा अत्याधिक बढेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि वायु प्रदूषणमा थप बल पुगेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यहाँको वातावरण अस्वस्थकर बन्दै गएको छ । वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् ।

भरतपुर अस्पतालका फिजिसियन डा. प्रतिक न्यौपाने वायु प्रदुषणको असर श्वासप्रस्वासमा पर्ने बताए । उनले भने, ‘वातावरण प्रदुषित हुँदा दमका बिरामीहरुलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’ अक्सिजनको मात्रा कम हुने जस्ता समस्या हुने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढी हुँदा त्यसको असर जीवजन्तु र मानवमा स्वास्थ्य पर्ने उनको भनाइ छ । वायु प्रदुषण निरन्तर रहेमा बालबालिकामा दमको समस्या देखा पर्न सक्ने भएकाले सजग रहन सुझाव दिए ।

वायु प्रदुषणका कारण मुख सुख्खा हुने, नाक सुख्खा हुने हुँदा नियमित पर्याप्त मात्रामा पानी र झोलिलो पदार्थ सेवन गर्न उनले सुझाव दिए । डा. न्यौपानेले भने, ‘सकभर घरभित्रै बस्नुपर्छ, बाहिर निस्कनै परे माक्स लगाएर निस्कनुपर्छ ।’

वायु प्रदूषणका कारण भरतपुरका अस्पताल श्वासप्रश्वासका बिरामीको संख्या बढ्दै गएको छ । भरतपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ प्राडा सुनु दुलाल वायुमण्डलमा भएको प्रदुषणका कारण टाउकोदेखि माथिका भागहरुलाई बढी असर गर्ने बताए ।

आँखा पोल्ने, बिझाउने, सुख्खा हुने जस्ता समस्या देखिने भन्दै उनले भने, “वायु प्रदुषण बढ्दा आँखा पोल्ने बिझाउने हुन्छ, तर आँखा मिच्नु हुँदैन ।”

आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिन सक्ने तर्फ उहाँले सचेत गराए । वायु प्रदुषणबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा समय समयमा सफा पानीले धुने, चिसो कपडाले पुच्छ्ने जस्ता काम गर्नुपर्ने उनले बताए । एयर क्वालिटी इण्डेक्सले चितवन र आसपासका धेरै ठाउँमा डढेलो लागेको देखाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04