२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

झैँझगडाको क्रममा कुटपिटबाट एकको मृत्यु

प्रकाशित मिति : २०८० चैत्र २८ गते
sketch
- ADVERTISEMENT -

चितवन / इच्छाकामना गाउँपालिका–१ ज्यानदालामा झैँझगडाका कारण एकजनाको ज्यान गएको छ । झैँझगडाको क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार गए (मंगलबार) राति इच्छाकामना–१ बस्ने ३५ वर्षीय चन्द्रबहादुर चेपाङ र ३० वर्षीय लोकबहादुर चेपाङ बीच झगडा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

झगडाका क्रममा कुटपिट हुँदा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने लोकबहादुरलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शवको पोस्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -