April 29, 2025

ईद : आज सार्वजनिक विदा

April 11, 2024
- ADVERTISEMENT -

काठमाडौं । सरकारले आज (बिहीबार) देशभर सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा देशभर सार्वजनिक विदा दिएको हो ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसककंगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने गरिन्छ ।

- ADVERTISEMENT -