April 29, 2025

उज्यालो टाइम्सको भित्तेपात्रो सार्वजनिक

April 14, 2024
- ADVERTISEMENT -

चितवन / उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अबसरमा प्रकाशनमा ल्याएको भित्ते पात्रोको बिमोचन गरिएको छ ।

उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा भित्ते पात्रोको बिमोचन गरिएको हो । भित्ते पात्रोको बिमोचनमा बोल्ने वक्ताहरुले उज्यालो टाइम्स मिडियाले समाचार र सूचना सम्प्रेषणमा महŒवपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष एवं प्रधान सम्पादक राजु भट्टले नयाँ बर्षले सबैमा उप्साह उमंग प्रदान गराउने बिश्वाससहित जनतालाई सत्य तथ्य समाचार पस्कदै सुसूचित गराउदै आएको बताउनुभयो ।

अध्यक्ष भट्टले नयाँ बर्षका अबसरमा देश बिदेशमा रहनुभएका समस्त नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनीहरुमा सु स्वास्थ्य, दिर्घायु र सुख शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

भरतपुरको हाकिम चोकमा मुख्य कार्यालय रहेको उज्यालो टाइम्सले नयाँ बर्षका अबसरमा भित्ते पात्रो प्रकाशनमा ल्याउदै आइरहेको छ ।

- ADVERTISEMENT -