काठमाडौं / भक्तपुरको थिमीस्थित दुईपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय तुइलाल श्रेष्ठ रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक श्रेष्ठ थिमी नगरपालिका–४ का स्थानीय हुन् । श्रेष्ठको शव पोस्टमार्टमका लागी अस्पताल पठाइएको छ ।
यस्तैगरी, सिंजा गाउँपालिका–३ छान्निगाडामा आइतबार करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नमराज गिरीकी छोरी १३ वर्षीया नबिना गिरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घर नजिकै बाटोमा बाख्रा चराउन गएकी उनको राष्ट्रिय प्रशारण लाइनको बिजुलीको तार निर्माणाधीन नेपाल टेलिकमको टावरमा लैजाने क्रममा बाटोमा फालिएको तारमा करेन्ट लागेर मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।