Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तामाङ पत्रकारलाई सहयोग गर्न कन्ज्युस्याई गरिदैँन – उपमेयर लामा

२०८१ को क्यालेण्डर विमोचन, पत्रकार सुरेश तामाङ सम्मानित
प्रकाशित मिति : २०८१ बैशाख ७ गते

–बिना तामाङ
चितवन । तामाङ पत्रकार संघ चितवनको आयोजनामा नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा ‘शुभकामना प्रदान तथा भित्ते पात्रो विमोचन’ गरिएको छ । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा र संघका अध्यक्ष बबिलाल तामाङलगायतले नेपाल पत्रकार महासंघ चितवनको सभा हलमा संयुक्त रुपमा भित्ते पात्रो विमोचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपप्रमुख लामाले संघले गर्ने हरेक गतिविधिमा आफ्नो योगदान रहने बताए । पत्रकार र जनप्रतिनिधि बिच नङ र मासुको सम्बन्ध रहेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

उनले तामाङ पत्रकारलाई गरिने सहयोगमा कुनै पनि कन्ज्युस्याई नगरिने जिकिर गरे । संघको हरेक समस्यालाई चिर्दै अघि बढ्नका लागि आफू सदैव तयार रहेको बताए ।

कार्यक्रममा संघलाई विभिन्न समयमा योगदान पुर्याएको भन्दै उच्च मूल्याकंनसहित पत्रकार सुरेश तामाङलाई गरिएको छ । तामाङलाई खादा र प्रमाणपत्रसहित प्रमुख अतिथि लामा र अध्यक्ष तामाङले संयुक्त रुपमा सम्मान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सम्मानित तामाङ पत्रकार संघ चितवनका कार्यसमिति सदस्य हुन् भने यसअघि प्रमिला तामाङ र सन्तोष तामाङलाई सम्मान गरेको थियो । संघको गतिविधि अन्तर्गत उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाई हरेक कार्यक्रममा एकजनालाई सम्मानित गर्दै आएको छ ।

कार्यक्रममा संघका अध्यक्ष तामाङले प्रमुख अतिथि लामालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष तुलमान गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ महानगरका अध्यक्ष अजय तामाङले लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाल मगर पत्रकार संघ, नेवार पत्रकार संघका अध्यक्ष अनुज जोशी, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिना, क्रान्तिकारी पत्रकार संघ चितवनका अध्यक्ष प्रेम कंडेल, नेपाल तामाङ घेदुङ कालिकानगरका उपाध्यक्ष विवेक तामाङ, पाख्रिन तामाङ समाज चितवनका अध्यक्ष ज्ञानबहादुर पाख्रिन, मञ्जुश्री म्हाणिमा आमा समूहका सचिव पासाङ तामाङ, चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक रेनु तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सदस्य युवक तामाङले दिएका हुन् भने संचालन प्रकाश तामाङले गरेका थिए । कार्यक्रम तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23