December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको शुभारम्भ

April 20, 2024

चितवन / चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” सुरु भएको छ ।

स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित उक्त मेला शुक्रबारदेखि भरतपुरमा सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त मेलाको उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउने उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आइरहेको बताए । अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको उनले जिकिर गरे ।

कार्यक्रममा बागमती प्रदेश सरकार, आर्थिक, मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोशिएसन नेपाल महासंघका अध्यक्ष रन्जितकुमार पोदार, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो भने आयोजक संस्था कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवन शाखाका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गरेका हुन् ।

- ADVERTISEMENT -