March 15, 2025
- ADVERTISEMENT -

टिपरको ठक्करबाट स्कुटी चालक बिडारीको मृत्यु

April 21, 2024

मकवानपुर / हेटौंडा उपमहानगरपालिका १०, बसपार्क पिपलबोट नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, वैशाख ८ गते शनिबार अपराह्न ४ बजेको समयमा कर्राबाट बसपार्कतर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ३५११ नं. को स्कुटरलाई विपरित दिशातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नं. टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट स्कुटर चालक बिडारी गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल हेटौंडा अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि चुरेहिल अस्पतालमा रिफर गरिएको थियो ।

बिडारीको चुरेहिल अस्पतालमा पनि उपचार गर्न कठिनाई भएपछि सोही दिन साँझ ८ बजेको समयमा चितवनको नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरिएको थियो । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज (आइतबार) बिहान साढे १२ बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालक र स्कुटरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

- ADVERTISEMENT -