March 15, 2025
- ADVERTISEMENT -

खोप अभियानमा क्रियाशिल भएर लाग्न मन्त्री श्रेष्ठको निर्देशन

April 22, 2024

काठमाडौं / बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले दादुरा–रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

आइतबार दादुरा–रुबेला अभियानको समिक्षा आई. पि.भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

रुवेलाको अवस्था बुझेर कस्ता कार्यक्रम ल्याउदा उपयोगी हुन्छ भन्ने विषयमा बुझेर अगाडि बढ्न मन्त्री श्रेष्ठले चिकित्सकहरुलाई आग्रह गरे ।

जिल्लामा रहेका चिकित्सकहरुले क्रियाशिल भई खोप लगाउने कार्यमा हेलचक्राई नगरी काम गरि मृत्युदर शुन्यमा झार्न यो अभियानमा सहयोग गर्नुपर्नेमा जोड दिए । आफ्नो जिवनको प्रवाह नगरी जनताको सेवामा लागि परेका कर्मचारीलाई हौँसला प्रदान गर्दै यो कार्यको राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाएको कुरा उनले स्मरण गराए ।

विपन्न परिवारलाई स्वंयमसेविकाहरुले महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गरे । साथै उनले नेपाल सरकारले ल्याएको बिमामा विपन्न परिवारका सदस्यहरु लभांवित हुन नसकेकोमा दुःख व्यक्त गर्दै सबै जनताले संविधानको मर्म अनुसार स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे ।

- ADVERTISEMENT -