पर्वत / एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो ।
- ADVERTISEMENT -

बोतल अड्किएर ठुलो आन्द्रा अवरुद्ध भएर त्यसको सङ्क्रमण शरीरमा फैलिँदै गएको अवस्थामा आइतबार बिहान उनको शल्यक्रिया गरिएको हो ।
सङ्क्रमण फैलिएको अवस्थामा गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका ती व्यक्तिको एक्स–रे गर्दा मलद्वारमा बोतल देखिएको थियो । लगत्तै सुरु भएको स्वास्थ्य परीक्षणको क्रममा दूरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण फैलिएको नदेखिएपछि करिब तीन घण्टा लगाएर शल्यक्रिया गरेका थिए ।
- ADVERTISEMENT -

अस्पतालका सर्जनद्वारा डा जितेन्द्रकुमार सिंह र डा विश्वराज खड्कासहित एनेस्थेसियोलोजिस्ट डा शम्भु अधिकारी लगायतको समूहले उनको शल्यक्रिया गरेका थिए । शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको थियो ।
अस्पताल आउने बेलामा बिरामीको अवस्था जटिल भएको भए पनि शल्यक्रिया पश्चात् बिरामीको होस आएको थियो । ती पुरुषलाई अहिले पनि सघन उपचार कक्षमा नै राखेर उपचार चलिरहेको छ ।














































