चितवन / प्रहरी प्रधान कार्यालयले चितवनका एकसहित १६ जना प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ ।
विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको भन्दै सूचना निकालिएको कार्यालयले जनाएको छ ।
चितवन भरतपुर महानगरपालिका–१४ घरभई बागमती प्रदेश प्रहरी गण हेटौंडामा दरबन्दी भएका प्रहरी जवान प्रताप गुरुङ गत फागुन २४ गतेदेखि गैरहाजिर छन् । फागुनको विभिन्न मितिदेखि गैरहाजिर भएका प्रहरी कर्मचारीको नाममा प्रधान कार्यालयले सूचना निकालेको हो ।
प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयको भनाइ छ । कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने कारबाही हुने जनाएको छ ।