April 25, 2025

डान्सबारबाट १३ जुवाडेहरु पक्राउ

April 25, 2024
File photo.
- ADVERTISEMENT -

काठमाडौं / प्रहरीले ललितपुरको ग्वार्कोबाट बुधबार राति १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद गरेको छ ।

- ADVERTISEMENT -