June 20, 2024

६२५ नेपाली कामदार कतारमा अलपत्र

April 27, 2024
File photo

कतार / कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन् ।

कम्पनीले पछिल्लो ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाइ छ ।

उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको जनाइएको छ ।

उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले जनाएको छ ।

श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन् ।

कम्पनीले तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -