April 29, 2025

गैँडाकोटमा एक घर र गोठ जलेर नष्ट

April 28, 2024
file photo.
- ADVERTISEMENT -

गैंडाकोट / गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित एक घरमा राति करिब २ बजे आगलागी भएको छ । शनिबार राति भएको उक्त आगलागीबाट तुलबहादुर सुनारीको घर र गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाका दुईवटा दमकलको सहयोगमा बिहान साढे ५ बजे मात्र आगो नियन्त्रणमा लिइएको हो ।
वडा अध्यक्ष शिवकान्त तिवारीका अनुसार समयमै दमकल आएको र स्थानीयको सहयोगले अन्य क्षति टरेको हो ।

आगलागीबाट दुई तले कच्ची घर, केही नगद रकम, गोठमा रहेका कुखुरा, हाँस र खरायो समेत जलेको बताइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -