April 26, 2025

उपनिर्वाचन मतगणना : बझाङमा एमाले र इलाममा कांग्रेसको अग्रता

April 28, 2024
File photo.
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा अग्रता कायम राखेका छन् ।

उम्मेदवार भण्डारीले ४२१५ सदर मतमध्ये १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले भने ९९८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन् । बझाङमा आइतबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

इलाममा नेकांका खड्का अग्रस्थानमा
यस्तैगरी इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता रहेको छ । खड्काले नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै अग्रता लिएको हो ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्‍मेदवार खड्कासँगको मतान्तर २८ मा झारेका छन् ।

४ हजार १ सय ५० मत गणना हुँदा कांग्रेसका खड्काले १ हजार ६५८ र एमालेका नेम्वाङले १ हजार ६३० मत पाएका छन् । वडा नं १ र २ को मतगणनामा कांग्रेस उम्मेदवार खड्का ८० भन्दा बढी मतान्तरले अगाडि थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०८ मत पाएका छन् ।

- ADVERTISEMENT -