April 30, 2025

बझाङ उपनिर्वाचन : एमालेका भण्डारी निर्वाचित

April 29, 2024
- ADVERTISEMENT -

धनगढी / नेकपा एमालेका दमनबहादुर भण्डारी सोमबार निर्वाचित भएका छन् । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत मात्र प्राप्त गरेका हुन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको भने छैन ।

उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।

- ADVERTISEMENT -