March 15, 2025
- ADVERTISEMENT -

इलाम उपनिर्वाचन : साढे चार हजार बढी मतले अगाडि एमालेका नेम्बाङ

April 29, 2024

काठमाडौं / नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

इलाम २ को जारी मतगणनामा ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

मत गणना अनुसार दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।

- ADVERTISEMENT -