–बिना तामाङ
देवघाट । बिहानी ब्रोडकास्टिङ्ग मिडिया प्रा.लि.ले नववर्ष २०८१ को अवसर पारेर सोमबार शुभकामना आदान प्रदान तथा भित्तेपात्रो सार्वजनिक गरेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा मगरले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष मगरले सत्य तथ्य समाचार सम्प्रेषणले नै समाज सकारात्मक दिशातर्फ अगाडि बढ्ने बताए । पत्रकार समाजको दर्पण भएकोले देश र जनतालाई सही मार्ग देखाउनेमा अहम भूमिका खेल्नु पर्ने उनको भनाइ थियो ।
मिडियाका अध्यक्ष आशिक राना मगरले भित्ते पात्रोको बारेमा प्रकाश पारेका थिए । देवघाट एक पर्यटकीय गन्तव्य भएकोले यसलाई अझ बढी उजागर गर्न भित्तेपात्रोले थप बल पुग्ने उनले बताए । भित्तेपात्रोमा देवघाटका पर्यटकीय गन्तव्यहरु, गाउँपालिका लगायत महत्वपूर्ण संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु र अत्यावश्यक सम्पर्क नं.हरु समावेश गरिएको छ ।
कार्यक्रममा वक्ताहरुले समाजमा बिहानी मिडियाको योगदान प्रशंसनीय रहेको बताउँदै खुलेर प्रशंसा गरेका थिए । आगामी दिनमा अझ बढी सशक्त हुँदै समाजको बेथिति, कुरितीहरुहरुलाई निमिट्यान्न पार्न वक्ताहरुले सुझाव दिए ।
कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका सभापति गोविन्दप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी देवघाटका अध्यक्ष दिवाकर मिश्र, सव–डिभिजन वन कार्यालय देवघाट अधिकृत कृष्णप्रसाद भट्ट, देवघाट महिला संजाल समूहका अध्यक्ष राधादेवी खनाल, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष तारा पन्त, वडा नम्बर–५ सदस्यहरु यमबहादुर मगर, कमला गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बिहानी मिडियाका सम्वाददाता सुष्मा गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यकारी निर्देशक करिष्मा गुरूङले सञ्चालन गरेकी हुन् ।
कार्यक्रम बिहानी ब्रोडकास्टिङ्ग मिडिया प्रा.लि. अध्यक्ष आशिक रानाको सभापतित्वमा सम्पन्न भएको थियो । २०७५ सालमा स्थापना भएको बिहानी मिडियाद्वारा ‘बिहानी मिडिया न्यूज डटकम’ डिजिटल पत्रिका संचालित छ ।