March 15, 2025
- ADVERTISEMENT -

नेकपा एस चितवनको नेतृत्वमा नरेन्द्र कन्दङ्वा

६१ सदस्यीय जिल्ला कमिटी गठन
May 3, 2024

– बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनको अध्यक्षमा नरेन्द्र कन्दङ्वा निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न भएको १०औं जिल्ला अधिवेशनबाट कन्दङ्वाको नेतृत्व रहने गरी ६१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षहरुमा गंगालाल लामा र ईश्वरी लामिछाने, सचिवमा हेमन्त कंडेल निर्वाचित भएका हुन् भने सह–सचिवको टुङ्गो केही दिनमा लगाउने गरी रिक्त राखिएको नेकपा एसले जनाएको छ ।

यसैगरी सदस्यहरुमा भरतपुर महानगरबाट जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (बि.क.) र सुुदन दराई रहेका छन् ।

महिला सदस्यतर्फ प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् । युवा खुल्ला सदस्यहरु महेशकुमार सुबेदी, भुपेन्द्र ढकाल, युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित भएका छन् ।

त्यस्तै रत्ननगर नगरपालिका अन्र्तगत खुल्ला सदस्यतर्फ चिन्तामणी आचार्य, हरिहर पौडेल, विष्णुप्रसाद अर्याल, गोकर्ण गिरी र दिपक थापा निर्वाचित भए भने महिला सदस्यतर्फ निर्मलाकुमारी खड्का, पार्वती घिमिरे र संगिता खड्का कार्की निर्वाचित भएका हुन् । युवातर्फ विजय खनाल र महिला सदस्यमा सरस्वती लामा निर्वाचित भएका छन् ।

अधिवेशनले खैरहनी नगरपालिकामा दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक रहेका छन् । युवा सदस्यमा हेमबहादुर गुरुङ छन् भने महिला सदस्यमा जमुना पाठक थपलिया निर्वाचित भएका हुन् ।

माडी नगरपालिकामा कमलबहादुर भुजेल र प्रेमराज तिमिल्सिना, युवा सदस्यमा रामचन्द्र लम्साल छन् भने महिला सदस्यमा धनरुपा महतो र चन्द्रकुमारी बाँनिया निर्वाचित भएका छन् ।

त्यसैगरी राप्ती नगरपालिकामा खुल्लातर्फ ६ सदस्य रिक्त रहेकाले पछि मनोनयन गर्ने जनाएको छ । महिला सदस्यमा बुद्धिमाया श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी चयन भएका छन् भने युवा सदस्यमा हिराबहादुर श्रेष्ठ, युवा महिला सदस्यमा मीना दर्जी रहेका छन् ।

कालिका नगरपालिकामा खुल्ला र महिलामा १÷१ सदस्य रिक्त रहेका छन् ।

समावेशी उम्मेदवार युवामा दिनेश घलान, दलितमा मन विक र अंपाङ्गतामा डा. विपी शर्मा, अल्पसंख्यक रिक्त रहेको छ भने ट्रेड युनियनमा निरप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

- ADVERTISEMENT -