२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा मुद्रण सम्बन्धी एक महिने तालिम सुरु

२० जना प्रशिक्षार्थीको सहभागिता
प्रकाशित मिति : २०८१ बैशाख २१ गते
- ADVERTISEMENT -

चितवन । मुद्रण संघ–चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा बिहीबारदेखि एक महिने मुद्रण सम्बन्धी तालिम सुरु गरिएको छ । महानगरपालिकाको निजी क्षेत्रसँग सहकार्यको नीति अन्तर्गत २० जना प्रशिक्षार्थीलाई मुद्रण सम्बन्धी तालिम सुरु गरिएको संघका अध्यक्ष सन्दिप श्रेष्ठले जानकारी दिए ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेल नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष खोमकान्त रेग्मीबाट संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी पौडेलले देश अहिले तिब्र गतिमा श्रमिक क्षयिकरणको दिशातर्फ उन्मुख रहेको बताइन् ।

महासंघका निवर्तमान अध्यक्ष रेग्मीले मुद्रण क्षेत्रमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न राज्यबाटै स्पष्ट नीति निर्माण भई कार्यान्वयन गर्नुपर्ने बताए । व्यवसायीहरू आफैं एउटा विश्वविद्यालय नै बन्नु पर्ने स्थिति रहेको मुद्रण व्यवसायीहरूको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय मुद्रण व्यवसाय तथा मुद्रण उद्योगको क्षेत्रमा प्राविधिक जनशक्तिहरु ग्राफिक डिजाइनर, मेशिन अपरेटर, लेमिनेटर, कटिङ्ग मेनहरूको ठूलो अभाव रहँदै आएको छ ।

संघका अध्यक्ष सुवेदीले दक्ष जनशक्ति विदेशिदैं गएका कारण जनशक्तिको अभाव अन्त्यन्तै विकराल बन्दै गएको बताए । उनले चितवनका मुद्रण व्यवसायीहरु स्वरोजगार बन्दै झण्डै डेढ अर्बको लगानीमा उद्योगहरू सञ्चालन गरी करिब १ हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेको जानकारी दिए ।

एक महिने मुद्रण तालिम कार्यक्रममा प्रशिक्षार्थीहरूलाई मेशिन औजारको सामान्य प्राविधिक ज्ञान सहित मुद्रण उद्योगहरूबाट उत्पादन हुने सामानहरू तयार गर्नसक्ने प्रशिक्षण दिइने छ ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसी, महासचिव अर्जुनप्रसाद सापकोटा, गैरसरकारी संस्था समन्वय शाखाका प्रमुख रक्ष्मी पौडेल, मुद्रण व्यवसायी साकोसका अध्यक्ष विनयकुमार श्रेष्ठ, गैरसरकारी संस्था समन्वय शाखाका अधिकृत पञ्चमाया तामाङको उपस्थिति रहेको थियो ।

मुद्रण संघ–चितवनका अध्यक्ष सन्दिप सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव उत्तम अर्यालले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88