चितवन / पोल्ट्री कल्याणकारी संघले चितवनका ट्राफिक प्रहरीलाई १० दश थान म्याजिक लाईट हस्तान्तरण गरेको छ । सवारी चेकजांँचमा सहज होस् भन्ने हेतुले म्याजिक लाईट हस्तान्तरण गरिएको संघका अध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।
संघका अध्यक्ष रानाभाट लगायतका पदाधिकारीले चितवन ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदीलाई उक्त लाईट हस्तान्तरण गरेका हुन् ।
प्रमुख सुवेदीले म्याजिक लाईट ट्राफिक प्रहरीलाई अत्यावश्यक उपकरण भएकोले यस सहयोगले ट्राफिक चेकजांँचमा मद्दत पुग्ने बताए । ‘विशेषगरी रात्रीकालिन अवस्थामा अत्यावश्यक उपकरण हो, उनले भने, ‘यसले हामीलाई चेकजांँच र दुर्घटना न्युनीकरणमा पनि सहयोग पुग्नेछ ।’
संघका अध्यक्ष रानाभाटले ट्राफिक प्रहरीलाई म्याजिक लाईट आवश्यकता परेको जानकारी प्राप्त पश्चात वितरण गरिएको बताए । ‘उहांँहरुको माग र आवश्यकता अनुसार हामीले म्याजिक लाईट सहयोग गरेका हौं, उनले भने, ‘यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व पनि हो ।’
यस सहयोगले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । आगामी दिनमा पनि ट्राफिक प्रहरीसंँग दुुर्घटना न्यूनीकरणका लागि सहकार्य र प्रशिक्षण लगायतका कामहरु गर्दै जाने उनले बताए ।