June 20, 2024

गर्मी बढ्दै, चार दिन विद्यालय बन्द

May 5, 2024
File photo

मकवानपुर / अत्यधिक गर्मी बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा रहेका सामूदायिक तथा संंस्थागत विद्यालय गर्मीका कारण चार दिन बन्द हुने भएको छ ।

हेटौंडा–१४ नम्वर वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख २३ गतेबाट चार दिन बन्द हुने जानकारी गराएको हो ।

जारी सूचनामा वैशाख २० गते बसेको वडा शिक्षा समितिको बैठकको निर्णय अनुसार, चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख छ ।

अत्यधिक गर्मी र चर्को घामका कारणले गर्दा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएकोले उक्त निर्णय गरेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -