April 26, 2025

चितवनमा घेदुङ र दबुको र्याली तथा दिप प्रज्वलन

बागमती प्रदेशमा तामाङ र नेवारी भाषा सरकारी कामकाजी भाषा कार्यान्वयन
May 7, 2024
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । भरतपुरको चौबिसकोठीमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र नेवाः देय दबु चितवनको संयुक्त आयोजनामा सोमबार बेलुका दिप प्रज्वलन गरिएको छ । बागमती प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयनमा ल्याएको खुशीयालीमा दुई संस्थाद्वारा दिप प्रज्वलन गरिएको घेदुङका जिल्ला अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।

यसअघि तामाङ र नेवार समुदायले आफ्नो संस्कृति झल्किने पोशाक र बाजागाजासहित र्याली सम्पन्न गरेका थिए । सोही अवसरमा उनीहरुले चौबिसकोठीमा बागमती प्रदेशको नक्साकंन समेत गरेका थिए । बागमती प्रदेश सरकारले गरेको यो निर्णय देशमै पहिलो पटक हो ।

अध्यक्ष तामाङले दिप प्रज्वलन गर्दै बागमती प्रदेशको यो निर्णय ऐतिहासिक र स्वागतयोग्य भएको बताए । सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा ल्याएसँगै जनमानसमा अत्यन्त खुशी छाएको उनको भनाइ छ ।

बागमति प्रदेश सभा सदस्य ज्ञानजंग तामाङ कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्यद्वय ज्ञानबहादुर तामाङ, प्रेमकुमारी तामाङ, नेवाः देय दबु चितवनका कार्यवाहक अध्यक्ष मिलन श्रेष्ठ, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष पासाङ तामाङ, वर्तमान उपाध्यक्ष अनिष तामाङ, देवघाट बुद्ध पार्क संयोजक शम्भु पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम घेदुङ चितवनका अध्यक्ष बाबुलाल तामाङको सभापतित्व सम्पन्न भएको थियो ।

यसैबीच, तामाङ र नेवाः (नेपाल) भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आएको अवसरमा तामाङ र नेपाल भाषा दिवस मूल समारोह समिति मकवानपुरले र्याली सम्पन्न गरेको छ ।

हेटौंडाको बुद्धचोकबाट सुरु भएको र्याली सिमाचोक, स्कुलरोड, पारिजात पथ, कान्तिराज पथ, मानसचोक हुँदै हेटौंडा–२ स्थित वनस्खण्डीसम्म पुगेर कोषसभामा परिणत भएको थियो ।

सो क्रममा झाँक्री, नेवारी बाजा टोली र जातिगत संघ, संगठनका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेवाः देय दबु बागमती प्रदेश समितिका अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमको अवसरमा सभाध्यक्ष महर्जन र प्रमुख अतिथि घलानले नेवाः साँस्कृतिक संग्रहालयको पनि संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

- ADVERTISEMENT -