June 20, 2024

उत्तरपुस्तिकासहित ४ जना पक्राउ

May 10, 2024

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरुमाथि वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।

प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -