April 20, 2025

९ महिनामा १३३ बैंकिङ कसुर र १३ ठगीका मुद्दा दर्ता

May 10, 2024
- ADVERTISEMENT -

मकवानपुर । मकवानपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार अघिल्लो वर्षहरुको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको हो ।

चालु आर्थिक वर्ष २०८०–०८१ को पछिल्लो ९ महिनाको अवधिमा गत आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरका घटना बढेको पाइएको हो ।

चालु आर्थिक वर्षको साउन महिनादेखि चैत मसान्तसम्ममा मकवानपुरमा १ सय ३३ वटा बैंकिङ्ग कसुर र १३ वटा ठगी सम्बन्धी मुद्धा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७९–८० को सोही अवधिमा ७५ वटा बैंकिङ्ग कसुर र ५ वटा ठगीको मुद्दा दर्ता भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, बैंकिङ्ग कसुर अन्तर्गत चेक अनादर, झुटा कागजपत्र पेश गरेर अथवा नक्कली कागजपत्र बैंकबाट कर्जा लिने जस्ता थुप्रै अपराध पर्दछ ।

- ADVERTISEMENT -